|

इनरुवा : पूर्व प्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्दादहन गरेको छ।

जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आममाफी दिएको भन्दै इनरुवा बस चोकमा उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लादहन गरेका हुन्। 

प्रहरी उच्च अधिकारीसहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्वप्रहरी कर्मचारी पहलबहादुर कटवालले बताए। पुत्लादहनमा प्रदर्शनकारीले सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपतिले आममाफी दिनु मुलुकको कानूनी राज्यप्रति उपहास भएको बताए।

उनीहरुले सरकारमाथि जनताको विश्वास गुम्दै गएको समेत बताए। पूर्वप्रहरी कर्मचारी संगठनको अगुवाईमा आयोजित पुत्लादहन कार्यक्रममा स्थानीयहरुले समेत सहभागिता जनाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.