|

बाँके: बाँकेको राप्ती सोनारी गाउँपालिका-८ मा कार र बस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् ।

बा.१३च ८२५३ नम्बरको कार र मे.१ ख ३३३५ नम्बरको बस ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठोरका अनुसार दुर्घटनामा सख्त घाइते भएकी डाक्टर सन्जु खड्का र कारका चालक सुवास अधिकारीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। मृतक सन्जु उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइलो भाइबुहारी हुन्। 

सन्जुका पति प्रा.डा डम्बर खड्का कर्णाली प्रदेश अस्पतालका निर्देशक छन्। बसमा सवार ६ यात्रु सामान्य घाइते रहेको राठोरको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.