|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँ दिल्ली पुगेका छन्। चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड भारतको नयाँदिल्ली पुगेका हुन्। 

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई विदेश तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन्। करिब १२० जना प्रतिनिधिमण्डललाई स्वागत गर्न नेपालका राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए। 

पछिल्लोपटक नेपालबाट गएका प्रधानमन्त्रीहरूलाई राज्यमन्त्रीले स्वागत गर्दै आइरहेका छन्। यसअघि शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा पनि रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.