काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियाविरुद्ध तेस्रो टी–ट्वान्टी खेल्दै छ।
नेपाल घरेलु टोलीविरुद्ध लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ। खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे युकेएम ओभलमा सुरु हुनेछ।
पाँच खेलको सिरिज एक–एकको बराबरीमा छ। पहिलो खेलमा खराब प्रदर्शन गर्दै ५० रनमा अलआउट भएको नेपाल ५ विकेटले पराजित भएको थियो।
दोस्रो खेलमा भने रुबिना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै ७ विकेटको जित हात पारेको थियो।
आज जित हात पारे नेपालले सिरिजमा दुई–एकको अग्रता बनाउनेछ। नेपालले चौथो खेल शनिबार र पाँचौ टी–२० आइतबार खेल्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।