|

काठमाडौं : सिंहदरबार भित्र निर्माणधिन संघीय संसद्को निरीक्षणमा सभामुख पुगेका छन्।

बिहिबार निर्माण भइरहेको उक्त संघीय संसद्को निरीक्षणमा सभामुख देवराज घिमिरेसहित उपसभामुख इन्दीरा रानामगरलगायतको उपस्थिति थियो।

१२ वटा ब्लकसहितको भव्य संरचना निर्माण भइरहेको सिंहदरबारमा  संघीय संसदका दुवै सदन- प्रतिनिधिसभा र राष्ट्रिय सभालगायत संसदीय समितिहरू रहनेछन्।

सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो।​ तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित संघीय संसद भवनको २०७६ असोज १ गते शिलान्यास गरेका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.