|

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–३ हेदाङनाबाट एकजना गर्भवतीको उद्धार गरिएको छ। 

मकालु–३ हेदाङना कि गर्भवती १६ वर्षीया रक्षा पन्तको हेलिकप्टरमार्फत उद्धार गरिएको मकालु स्वास्थ्य शाखा प्रमुख छिङ दोर्चि लामाले जानकारी दिए। गर्भवती पन्तलाई बिहीबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

अत्यधिक रक्तश्राव भएपछि गर्ववती पन्तलाई बिहीबार बिहान ५ बजे नुम प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने नभएपछि थप उपचारका लागि काडमाडौंको थापाथलीस्थित प्रसूतिगृहमा लगिएको छ। 

लामाका अनुसार गर्ववती पन्तको परीक्षण गर्दा गर्भमा रहेको बच्चा जीवित नरहेको बताए। गर्ववती पन्तको ३४ हप्ताको गर्भ रहेको मकालु स्वास्थ्य शाखा प्रमुख लामाले बताए। 

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत संखुवासभाबाट एक दर्जनभन्दा बढी सुत्केरी तथा गर्भवतीको उद्धार गरिसकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.