|

काठमाडौं : केही दिन यता देशभरको तापक्रम वृद्धि भइरहेको छ। यो वर्ष मनसुन केही ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कम हुँदै गएपछि गर्मीले तराईको जनजीवन प्रभावित भएको छ। गर्मीका कारण झापा, मोरङ, सुनसरी र पर्सा लगायतका जिल्लामा केही दिनलाई पठनपाठन समेत बन्द गरिएको छ। काठमाडौं उपत्यकामा समेत तापक्रम बढेको छ।

‘नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कम हुँदै गएको छ । त्यसकारण तत्काल पानी पर्ने सम्भावना छैन’, मौसमविद् गोविन्द झाले भने,‘यो वर्षको मनसुन ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने सम्भावना छ।’

नेपालमा सामान्यतया नेपालमा मनसुनको प्रवेश जुन १३ लाई मानिएको छ । तर अहिले नेपालमा प्रवेश गर्ने मनसुन पूर्णरूपमा विकसित नभएकाले जुन १३ मा मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ।​

मौसमविद् झाका अनुसार नेपाल भित्रिने मनसुन विकसित नै नभएर लुप्त रहेकाले असारको पहिलो हप्ता मात्र भित्रिने सम्भावना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.