|

मुगु : मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ। श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिबार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो। 
 

प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नुका साथै राराको पर्यटन प्रवर्धन गर्न प्रतियोगिता आयोजना गरिएको श्रीबक्स गुल्मका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिए। सहभागी खेलाडी राराताल वरिपरि दौडिने छन्। दुई हजार ९७२ मिटरको उचाइमा रहेको रारामा दौड प्रतियोगिता गर्न सकिन्छ भन्ने उद्देश्यले म्याराथन आयोजना गरिएको उनले जानकारी दिए।

प्रतियोगितामा पहिलो हुनेले ४० हजार, द्वितीय हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन्। सहभागी सबै खेलाडीलाई प्रमाणपत्रसहित सस्म्मान गरिने आयोजकले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.