|

इलाम : आफ्नै बुबा ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

दिपकले जेठ ८ गते अंशवण्डाको विषयमा विवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका लोक बहादुरको विर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दिपकलाई पक्राउ गरेको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.