|

काठमाडौं : केही दिनयता काठमाडौंसहित देशभर गर्मी बढ्दै गएको छ। शुक्रबार मात्रै काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्रीसम्म पुगेको छ। जसले गर्दा घरबाहिर निस्कँदा चर्को गर्मी अनुभव गरिएको छ। गर्मी बढेसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिने गर्छ त्यसैले गर्मीमा गर्मीमा तातो हावा वा लुबाट बच्न अपनाउनुस् यी उपाय : 

-दिउँसो घरबाट बाहिर ननिस्कने
-फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने
-मदिरा सेवन नगर्ने
-चिसो पानीले नुहाउने
-क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
-खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
-बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने
-चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने
स्रोत:स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.