धनगढीः नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका हाकिमसमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल हेडक्वार्टर तानिएका छन्।
उनी हाकिम रहेकै कार्यालयमा कार्यरत जुनियर महिला प्रहरीमाथि जबरजस्ती गर्न खोजेको भन्दै प्रदेश प्रहरी कार्यालय धनगढीमा निवेदन परेपछि उनी हिजो प्रहरी प्रधान कार्यालय तानिएका हुन्। महिला प्रहरीले हालै डीआईजी कार्यालयलाई सम्बोधन गरी निवेदन दिएकी थिइन्।
प्रहरी प्रधान कार्यालय स्रोतले उनलाई हेडक्वार्टर तानिएको र उनी अहिले आईजीपीको सचिवालयमा बसिरहेको जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भरतबहादुर बोहराले पनि पाललाई हेडक्वार्टर पठाइएको पुष्टि गरे।
कार्यालयकै कामले उनलाई त्यहाँ पठाइएको उनको दाबी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।