|

रौतहट : केही दिनदेखि बढेको गर्मीका कारण मध्य तराईमा विभिन्न रोगको संक्रमणका बिरामी बढेका छन्। चन्द्रपुरस्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ।

भाइरल ज्वरो, वाकवाकी, ज्वरो, झाडापखाला, रुघाखोकी, न्यून रक्तचाप र सर्पदंश लगायतका बिरामीको चाप बढेको अस्पतालले जनाएको छ। 

गर्मी बढेसँगै चन्द्रनिगाहपुर सरकारी अस्पतालमा दैनिक २५० देखि ३०० जनासम्मका विभिन्न रोगका बिरामी आउने गरेको अस्पतालका प्रमुख अभिनन्दन श्रीवास्तवले जानकारी दिए।  अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पतालमा शय्या समेत अभाव हुन थालेको छ। अस्पताल १५ शय्याको हो।

शय्याको अभाव भएपछि अधिकांश बिरामीलाई भर्ना नगरी ओपीडीबाटै जाँच गरेर उपचार गर्नुपर्ने बाध्य रहेको अस्पताल प्रशासन शाखाले जनाएको छ। गर्मी बढेसँगै जिल्लास्थित सबैजसो सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा समेत बिरामीको चाप बढेको चिकित्सक बताउँछन्। 

सबैजसो अस्पतालमा भाइरल ज्वरो तथा टाइफाइड, वाकवाकी, ज्वरो, झाडापखाला, रुघाखोकी, लो प्रेसर लगायतका  बिरामी उपचारका लागि आउने गरेका गरेका छन्।

त्यस्तै, जिल्लाका निजी अस्पतालमा पनि भाइरल ज्वरो, वाकवाकी, ज्वरो, झाडापखाला, रुघाखोकी र रक्तचापका बिरामी उपचारका लागि भर्ना भएका छन् । शहरी क्षेत्रमा रहेको अधिकांश निजी अस्पतालमा बिरामीको चाप बढेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.