डोल्पा : डोल्पोबुद्ध गाउँपालिकामा हिमपातका कारण सबै बस्तीहरू सेताम्य भएका छन्। शुक्रबार साँझ गाउँपालिकाका सबै बस्तीमा हिउँ परेको हो।
हिउँद याममा नपरेको हिउँ गर्मीयाममा पर्दा सर्वसाधारणहरू आश्चर्यमा परेका छन्।
हिमपातका कारण विकास निर्माणका कामहरू आज ठप्प भएको गाउँपालिका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।