|

राम्रो स्वास्थ्यका लागि शरीरमा पोषक तत्त्व हुन ज्यादै आवश्यक छ। जसरी शरीरलाई भिटामिन, आइरन र क्याल्सियम आवश्यक हुन्छ, त्यसरी नै जिङ्क पनि आवश्यक पर्छ। जिङ्कको कमी भयो भने शरीरमा विभिन्न खालका स्वास्थ्य समस्या देखिन्छ।

शरीरमा जिङ्क कमी हुँदा देखिन्छ यस्तो समस्या-

–प्रतिरक्षा प्रणालीलाई ठीकसँग कायम राख्न जिङ्क धेरै महत्त्वपूर्ण छ। शरीरमा जिङ्कको कमी भएमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र रोग लाग्ने खतरा बढ्छ।

–शरीरमा जिङ्कको मात्रा कम भएका महिला र पुरुषहरूलाई प्रजनन र अन्य यौन स्वास्थ्य समस्याहरू हुन सक्छन्। पुरुषमा टेस्टोस्टेरोन र महिलाहरूमा एस्ट्रोजेन हार्मोन बढाउन मद्दत गर्दछ। यो शुक्राणु उत्पादन र प्रजननका लागि पनि आवश्यक हर्मोन हो।

–जिङ्कको कमीले मानसिक स्वास्थ्यलाई असर गर्छ। यसले स्मरणशक्ति कमजोर हुन सक्छ। सिक्ने इच्छा पनि प्रभावित हुन सक्छ। मस्तिष्कको विकास र कार्यका लागि जिङ्क आवश्यक हुन्छ। यसले हाम्रो मुड, मेमोरी,र सिक्ने इच्छालाई बढावा दिने न्यूरोट्रान्स मिटरलाई विनियमित गर्न मद्दत गर्दछ। जसले गर्दा जिङ्कको मात्रा सही भएमा मानसिक स्वास्थ्य पनि ठीक हुन्छ।

–शरीरमा जिङ्कको मात्रा घट्यो भने घाउ छिट्टै निको हुँदैन। जिङ्कले कोलाजेन भन्ने तत्त्वलाई संश्लेषणमा मद्दत गर्छ, जुन घाउ निको पार्नको लागि आवश्यक प्रोटीन मानिन्छ। यो नयाँ तन्तु बनेको छ। क्षतिग्रस्त छाला पनि मर्मत गर्दछ। यस्तो अवस्थामा यसको कमी भएमा घाउ ढिलो निको हुन्छ।

–जिङ्क हाम्रो स्वाद र गन्ध थाहा पाउनका लागि आवश्यक मानिन्छ। यसले स्वाद र गन्धको क्षमतालाई तिखो बनाउँछ। जसले गर्दा यसको कमीले गन्ध र स्वाद गर्ने क्षमतालाई असर गर्न सक्छ।

–शरीरमा जिङ्कको कमीका कारण तपाईलाई पखालाको समस्या हुन सक्छ। यसबाहेक कपाल झर्न थाल्छ।

जिङ्कको कमीबाट बच्न कस्ता खानेकुरा खाने?

शरीरमा जिङ्कको कमीलाई पूर्ति गर्न च्याउ खानु उपयुक्त हुन्छ। च्याउमा प्रशस्त मात्रामा  पोटासियम, फस्फोरस, क्याल्सियम पाइन्छ, जसले जिङ्कको कमीलाई पूरा गर्छ। यस्तै बदाम खानु राम्रो हुन्छ। बदाममा जिङ्क प्रचुर मात्रामा पाइन्छ। यसबाहेक तिललाई जिङ्कको राम्रो स्रोत मानिन्छ। यसमा प्रोटिन, क्याल्सियम कार्बोहाइड्रेट, फोलिक एसिड पनि पाइन्छ।

जिङ्कको कमीलाई हटाउन अण्डाको पहेँलो भागलाई पनि आहारमा समावेश गर्न सकिन्छ । अण्डाको पहेँलो भागमा प्रशस्त मात्रामा जिङ्क पाइन्छ। जिङ्कको कमी पनि दहीले पूरा गर्न सक्छ। १८ वर्षभन्दा माथिका पुरुषमा ११ मिलिग्राम जिङ्क आवश्यक हुन्छ भने महिलाले ८ मिलिग्रामसम्म जिङ्क लिनुपर्ने हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.