|

काठमाडौं: लोकगायक विक्रम बुढा क्षेत्री (बिसी)को ‘अछाम जिल्ला तेरा मेरा’ देउडा गीत सार्वजनिक भएको छ।

शब्द संकलन पनि उनकै  रहेको गीतमा गायक विक्रमलाई गायिका सुनिता बुढा क्षेत्रीले साथ दिएकी छन्।

विक्रम बुढा क्षेत्रीको अफिसियल युट्युब च्यानल विक्रम बिसीमा गीत हेर्न र सुन्न सकिनेछ।

आशिष् अविरलले एरेन्ज गरेको गीतको भिडिओमा विक्रम चौहान र जुना कार्कीको अभिनय देख्न सकिन्छ।

हेर्नुस् भिडिओ  

बुधबार सार्वजनिक गरिएको उक्त्त गीतलाई शनिबारसम्म करिब ४ हजारले हेरेका छन्।
 
बिसीले २०५२ सालमा रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरेका थिए। 

हाल उनी अर्को झ्याउरे लोक गीत ‘घुमाउरो घुमाउरो कर्णाली’बजारमा ल्याउने तयारीमा जुटेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.