|
फाइल फोटो

जनकपुरधाम : जनकपुरधाममा राष्ट्रपति रामचन्द्र पौडेलको नागरिक अभिनन्दन हुने भएको छ। 

उद्योग वाणिज्य संघ धनुषामा शनिबार बसेको सर्वदलीय बैठकमा यही जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सहमति भएको प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए। 

उनले नागरिकताविहीन लाखौँ युवाको समस्या समाधान गरी जनकपुरधाम आउन लागेका राष्ट्रपति पौडेललाई मधेशवासीले भव्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबै दलले सहमति जनाएको बताए। 

त्यस अवसरमा मधेस प्रदेशसभा सदस्य रामसरोज यादव राष्ट्रपतिको भ्रमणलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारलाई पहलकदमी लिन प्रयास गर्ने उनले बताए। 

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले धनुषाका सबै प्रतिनिधिसभा सांसद र प्रदेशसभा सदस्यहरूसहितको मूल समिति र अन्य उपसमिति बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पूजापाठदेखि तिरहुतिया गाछीमा हुने भव्य स्वागत र नागरिक अभिनन्दनको तयारी गर्ने निर्णय गरेको जानकारी दिए।

बैठकले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन र मूल समारोह समितिको निर्णयअनुसार जनकपुरधामको एउटा चोकमा राष्ट्रपतिद्वारा झण्डा फहराउने निर्णय भएको साहले बताए। 

जनकपुरधाम विमानस्थलबाट जानकी मन्दिर र मन्दिरदेखि तिरहुतिया गाछीसम्म सडकको दुवै छेउमा राष्ट्रिय झण्डासहित उभिएर नागरिक अभिन्दन गर्न सबै दलले आआफ्ना कार्यकर्ता र स्थानीयलाई परिचालन गरिने निर्णय भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.