|

काठमाडौं : नेपाली महिला क्रिकेट टोलले मलेसियाविरुद्धको टी-२० सिरिजको अन्तिम तथा निर्णायक खेल आज खेल्दै छ।

मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा नेपाली समय अनुसार यो खेल बिहान पौने ९ बजेदेखि शुरु हुने छ।

नेपाल र मलेसियाले सिरिजमा २-२ को बराबरी गरेका छन्।  अन्तिम खेल जित्ने टिमले सिरिज कब्जा गर्ने छ।

सिरिजको पहिलो खेलमा हार बेहोरेको नेपालले त्यसपछिका लगातार दुई खेल जितेर सिरिजमा अग्रता बनाएको थियो । तर अन्तिम खेल मलेसियाले जितेर सिरिज बराबरी गरेको छ।

सिरिजको पहिलो खेल मलेसियाले ५ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेल नेपालले ७ विकेटले र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो। चौथो खेल मलेसियाले ४ विकेटले जितेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.