|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार चार  खेल हुँदैछ।

दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन्।

२३ खेलमा २९ अंक जोडेर १० औँ स्थानमा रहेको एनआरटी आठौँ जितको खोजीमा छ। २३ खेलमा ३० अंक जोडेर आठौँ स्थानमा रहेको हिमालयन पनि आठौँ जित निकाल्ने योजनामै रहेको छ।  

यस्तै च्यासल खेल मैदानमा दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

२३ खेलमा ३४ अंक जोडेर चौथो स्थानमा रहेको पुलिस आज ११ औँ जित हात पार्ने दाउमा हुनेछ।  मच्छिन्द्र पनि ११ औं जितको खोजीमा हुनेछ। ऊ २३ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा छ।

एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे ​नै शुरु हुने एफसी खुमलटार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

२३ खेलमा २४ अंक जोडेर पुछारमा रहेको खुमलटार आठौँ जित निकाल्न चाहन्छ। ​संकटा सातौँ जित निकाल्ने योजनामा छ। ऊ २३ खेलमा २७ अंक जोडेर १२ औँ स्थानमा छ।

रंगशालामा हुने साँझ ६ बजे हुने खेलमा फ्रेण्डस् क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा गर्नेछन्। 

२३ खेलमा २५ अंक जोडेर १३ औं स्थानमा रहेको फ्रेण्डस् सातौँ जित निकाल्ने योजनामा छ। २३ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको मनाङ आठौँ जितको खोजीमा हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.