|

मुगु : रारा ट्रेल रनको उपाधि जुम्लाका शेरबहादुर अधिकारीले हात पारेका छन् । ताल वरिपरीको दूरी १६ किलोमिटर ५९ मिनेट २० सेकेण्डमा पार गरी जुम्लाको हिमा गाउँपालिका–६ पातरखोलाका अधिकारीले उपाधि हात पारेका हुन्।  

रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीबक्स गुल्म र छायानाथ रारा नगरपालिकाको आयोजनामा सञ्चालन भएको रनमा २२२ सहभागीलाई पछि पारेका हुन्।  यस्तै एक घण्टा १२ सेकेण्डमा पार गरी जुम्ला कनकासुन्दरी गाउँपालिका—३ का शेरबहादुर बुढा दोस्रो भए।  

जुम्लाकै पातारासी गाउँपालिका—५ का दिपेन्द्र बोहोरा एक घण्टा १ मिनेट २१ सेकेण्ड लगाएर तेस्रो भएको गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिए। 

महिला तर्फ जुम्लाको गुठिचौर गाउँपालिका– ३ की राज्यलक्ष्मी रावलले उपाधि हात पारिन्।  १६ किलोमिटरको दूरी रावलले एक घण्टा १३ मिनेट ५२ सेकेण्डमा पार गरिन्। जुम्लाकै तिला गाउपालिका—९ की अनिता बुढा एक घण्टा १४ मिनेट २१ सेकेण्डमा पार गरेर दोस्रो भइन्।

जुम्लाकै पातारासी गाउँपालिका—२ की समिता बुढा एक घण्टा १६ मिनेट ३७ सेकेण्डमा निर्धारित दूरी पार गरी तेस्रो भइन् । 

दुवैतर्फका विजेताले क्रमशः ४० हजार, ३० हजार, २० हजार रुपैयाँ हात पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.