|

काठमाडौं : मलेसियाले नेपाललाई १ सय १० रनको विजयी लक्ष्य दिएको छ।

 टी–२० सिरिजको अन्तिम तथा निर्णायक खेलमा टस हारेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०९ रन बनायो।

मलेसियाका लागि ओपनरद्वय वान जुलियाले ४७ तथा वेनफ्रेडले २४ रन बनाइन्। माहिरा इस्मालीले २० रन बनाउँदा उसले १२ रन अतिरिक्त पाएको थियो। नेपालका लागि कविता जोशीले २ तथा र इश्वरी विष्टले १ विकेट लिए। 

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। नेपाल र मलेसियाले सिरिजमा २-२ को बराबरी गरेका छन्।  अन्तिम खेल जित्ने टिमले सिरिज कब्जा गर्ने छ।

सिरिजको पहिलो खेलमा हार बेहोरेको नेपालले त्यसपछिका लगातार दुई खेल जितेर सिरिजमा अग्रता बनाएको थियो । तर अन्तिम खेल मलेसियाले जितेर सिरिज बराबरी गरेको छ।

सिरिजको पहिलो खेल मलेसियाले ५ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेल नेपालले ७ विकेटले र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो। चौथो खेल मलेसियाले ४ विकेटले जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.