|

काठमाडौँ : म्यान्मामा आयोजना हुने एएफसी यु–२० महिला एशियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेल खेल्न जाने नेपाली महिला टोलीलाई आइतवार बिदाइ गरिएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आइतवार एन्फाले कार्यक्रम आयोजना गरी म्यान्मामा छनोट खेल्न जान लागेको नेपाली महिला टोलीको बिदाइ गरेको हो। टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश साह लगायतले बिदाइ गरे। एन्फा अध्यक्ष नेम्वाङले म्यान्मा भ्रमणलाई सार्थक बनाउन शुभकामना दिए।

छनोट अन्तर्गत नेपाल छनोटको समूह ‘बी’मा रहेको छ। नेपाल सम्मिलित समूहमा चीन, म्यान्मा र चाइनिज ताइपेई छन्। नेपालले जुन ६ मा आयोजक म्यान्मासँग खेल्दै छनोटको शुरुवात गर्नेछ।

यसैगरी  नेपाले  जुन ८ मा चीन तथा  जुन १० मा चाइनिज ताइपेईसँग अन्तिम छनोट खेल खेल्नेछ। नेपालले  यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्याण्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।

नेपाली टोलीको नेतृत्व यामप्रसाद गुरुङले गरेका छन् भने नेपाली टोलीको कप्तानी दीपा शाहीले सम्हाल्ने छिन् ।

नेपाली टोली
गोलकिपरः कविता विक, लीला जोशी, सावित्री किसान
रक्षकः सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली
मगर, प्रतीक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ
मिडफिल्डरः दीपा शाही (कप्तान), सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई
हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य
फरवार्डः अमिषा कार्की, ममता पुन, गरिमा राई, सदीपा भोलन

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.