|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरू नेपालमा विवाह गरेर आउने महिलाले नागरिकता दिन क्षेत्राधिकार तोक्ने पक्षमा रहेको बताएका छन्।  सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विपक्षी दललाई जवाफ दिँदै यस्ताे बताएका हुन्। 

‘हामी अहिले पनि नेपालमा विवाह गरेर आउने महिलाको हकमा केही क्राइटएरिया राख्नुपर्छ भन्नेमा नै छौं। हामी अहिले पन ित्यही छौं। तर, त्यतिबला यो विधेयक प्रस्तुत हुँदै थियो। देउवा प्रधानमन्त्री भएको बेलामा यो विधेयक जन्मसिद्ध नागरिकता प्राप्त गरेका बाउ आमाका छोराछोरी जो अत्याचारमा परेका छन्। तिनिहरूको मात्रै विधेयक हो। सात वर्ष गर्ने कि १० गर्ने कि नगर्ने कि भन्नेमा फेरि सहमति गर्नु भनेर बोलेपछि हामीले छोडेको हो,’ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेकाले सदनमा गाला जुधाउन नहुने बताए।  

‘सरकारले निर्णय गर्छ अदालतले रोक्छ। त्यो पीडा अहिले पनि भोगेकै हो। यो विषयमा अन्तरिम आदेश जारी भइसक्यो। हामी यहाँ किन गाला बजाउने? अदालतको निर्णय मान्दिन भन्ने कोही पनि छैनौं। हामीले यहाँ विरोध गर्दागर्दै हिजै अल्पकालीन आदेश जारी भइसक्यो,’ उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.