|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले राँगा शब्दलाई रेकर्डबाट हटाउन दिएको निर्देशनप्रति व्यंग्य गरेका छन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सांसद शिशिर खनालले प्रयोग गरेको ‘राँगा’ शब्दलाई संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। 

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सभामुख घिमिरेको उक्त निर्देशनप्रति व्यंग्य गरेका हुन्। 

‘फेरि यहाँ राँगा चढेको कुरा वोमिट हुने होला। म किशोर हुँदा सभामुख महोदय राँगाका पिठ्युँमा बसेर भैँसी चराएँथें। म चढेको हो। पूर्वराष्ट्रपति रामवरण यादवजी र मबीच एकपटक कुरा चल्दा मैले उहाँलाइृ भनेँ– मत राँगाका पिठ्युँमा चढेर राँगा चराएको। उहाँले म त तराईंको मान्छे झन् बढी राँगा भैसीामा चँढेंको भन्नुभयो। रेकर्डमा राख्नु नराख्नु सभामुख महोदय यहाँको कुरा हो,’ उनले सभामुखतर्फ संकेत गर्दै भने। 

अध्यक्ष ओलीले तराईंका क्षेत्रमा अझै पनि राँगा भैँसीमाथि चढेर चराउने गरेको उदाहरण दिँदै पशुपतिनाथ पनि साँढेमाथि चढेको बताए। 

‘हाम्रो तराईतिर अहिले पनि राँगातिर चढ्छन् चराउँछन् मान्छेहरूले। श्रीपशुपतिनाथ त साँढेको पिठ्युँमा चढ्नुभएको छ। साँढे बहान थियो। भन्न हुन्छ कि हुँदैन सदनमा। विवाद यी कुराहरूमा होइन। राँगाका पिठ्युँमा चढे कि भैंसकिा पिठ्युँमा चढेर आए कि। राँगा नाम गरेको जेट हो कि। हुन्छ नि। मकालु, यति नाम गरेको जेट छन्। यती चढेर आएँभन्दा के हुने हो त? यो कुरा विवादको विषय होइन। विवादको विषय सम्माननीय प्रधानमन्त्रीज्यू यहाँले भारत भ्रमणमा फितलो प्रदर्शन गर्नुभयो। नेपालको शिर ठडिने गरी प्रधानमन्त्रीज्यू प्रस्तुत हुन सक्नुभएन,’ उनले भने। 

यसअघि प्रधानमन्त्री प्रचण्ड भारतबाट ‘भैँसी चढेर आएको’ भन्ने शब्दले संसद् बैठकमा हंगामा भएको  थियो। त्यसअघि प्रधानमन्त्री प्रचण्डले आफूलाई राँगो चढाएको बताएका थिए। 

त्यसपछि सभामुखले जसले बोलेको भए पनि भैँसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हट्ने भनेपछि बैठक अघि बढेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.