|
फाइल तस्वीर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोष्ट बजेट–अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।

उनले चालु आर्थिक वर्षको जस्तै बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सत्य नहोस् भन्ने अपेक्षा रहेको बताए। उनले करका दरमा नीति भ्रष्टाचार हुन नहुने बताए।

उनले यदी करका दरमा गत वर्षको जस्तो भएको सत्य भए संसदमा गम्भिर रुपमा उठाउने बताए। उनले अर्थमन्त्रीले करका विषयमा धेरै कुरा नबोले पनि करका विषयमा धेरै विवादहरु आएको बताए।

उनले करका दर हेरफेर गत वर्षको नीति परिवर्तन नगरेका गुनासोहरु पनि आउन थालेको बताए। उनले सरकारको विद्युतीय सवारीसाधनमा लिने अस्थिर करका दरले समस्या बनाएको बताए।

उनले सरकारले विद्युतीय सवारीसाधनमा स्थिर करका दर कायम गर्न आवश्यक रहेको बताए। उनले विद्युतीय सवारीसाधन व्यवसायीहरुलाई कति कर्मचारी र चाजिङ स्टेसन राख्ने भन्ने अन्योल सिर्जना गरेको बताए।

उनले गत वर्षदेखि विद्युतीय सवारीसाधनमा पनि स्वाथ्यमा आधारित भएर नीतिगत भ्ष्टाचार हुन लागेको आरोप लगाए। उनले सरकारले सिसिको आधारमा करका दर कायम गर्नु नीतिगत भ्रष्टाचार भएको बताए।

उनले सरकारले विद्युतीय सवारीसाधनमा लगाएको करका दरको वैज्ञानिक आधार नभएको बताए। उनले सरकारले कुनै एउटा पक्षलाई फाइदा पुग्नेगरी करका दर कायम गर्नु दुर्भाग्य भएको बताए।

उनले सरकारले ल्याउने बजेटमा आयको अनुमान, व्ययको अनुमान केही पनि नमिल्ने गरेको बताए। उनले सरकारले बजेटमा हावादारी रुपमा अंक राख्ने गरेको आरोप लगाए।

उनले बजेटमा भनिएका कुराहरु अंकमा नमिल्ने भएकाले जनताले पत्याउने अवस्था नरहेको बताए। उनले सरकारले वैदेशिक अनुदान र ऋण अपेक्षा अनुसार नउठ्ने बताए।

उनले हरेक वर्ष बजेट घटाउनुपर्ने अवस्था बनेका कारण बजेटमाथि विश्वसनियता कम हुँदै गएको बताए। उनले  अहिले सरकारले तिर्ने ब्याज बढ्दै जाँदा त्यसलाई राजश्वले धान्न नसक्ने बताए।

उनले वैदेशिक ऋणले नपुग्ने भएकाले ऋणको सावाँ व्याज तिर्न आन्तरिक ऋण ऊठाउनुपर्ने अवस्था आएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.