|
फाइल

धनगढी : काठमाडौंबाट धनगढीका लागि उडेको जहाजको ढोका एक्कासी खुलेपछि विमान फिर्ता भएको छ। आज (मंगलबार) धनगढी आउँदै गरेको विमानको ढोका एक्कासी खुलेको हो। धनगढी विमानस्थल स्रोतले बिहान काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको जहाजको एक्कासी ढोका खुलेपछि फिर्ता भएको जनाएको छ।

ढोका खुलेको जहाजलाई ३० मिनेट आकाशमा उडाएर पुनः काठमाडौैं फर्काइएको र त्यहाँ अवतरण गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए। उनका अनुसार जहाजमा रहेका यात्रु सबै सुरक्षित छन्।

विमानमा आएको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको भट्टको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.