'शेरबहादुरको गलामा अर्को तक्मा थपिने भयो'

|
फाइल फोटो

काठमाडौं : प्रदेश नम्बर २ मा तेस्रो चरणमा चुनाव गराउने सरकारको तयारीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले 'भद्दा मजाक' भनेको छ। राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) सँगको बिहीबारको बैठकमा सत्तारुढ दलहरुले प्रदेश नम्बर २ मा तेस्रो चरणमा र बाँकी प्रदेश १, ५ र ७ मा पूर्वनिर्धारित मिति असार १४ मै चुनाव गर्ने सहमति गरेका थिए।

यसबारे प्रतिक्रिया दिँदै एमाले महासचिव ईश्वर पोखरेलले चुनाव सार्नुपर्ने कुनै कारण नभएको भन्दै सत्तारुढ दलहरुले गलत निर्णय गरेको बताए। 'चुनाव सार्नु पर्ने त्यस्तो कुनै कारण थिएन, यो गलत छ। यसले दीर्घकालीन तथा दूरगामी प्रभाव पार्छ,' पोखरेलले भने, 'लोकतान्त्रिक अभ्यासलाई भद्दा मजाकको विषय बनाए काँग्रेस-माओवादीले।' निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको अवस्थामा चुनाव सार्ने निर्णय आउनुले अस्थीरतालाई सघाउ पुग्ने उनको प्रतिक्रिया छ।

यस्तै एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले असफलताको अर्को एउटा तक्मा थप्ने टिप्पणी गरेका छन्। 'प्रम शेरबहादुरले कलंकित इतिहास बदलेनन्, बरु दोहोर्‍याए। अब उनका गलामा अक्षमको अर्को एक तक्मा थपिने भयो। लोकतन्त्र र शेरबहादुर संगै जान सक्दैनन् कि के हो ?' भट्टराईले ट्वीट गरेका छन्।

यस्तै एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले चुनाव जति सारे पनि कांग्रेसले दुई नम्बर प्रदेशमा चुनाव जित्न नसक्ने प्रतिक्रिया दिएका छन्। यसबारे पोखरेलले ट्वीट गरेका छन्,

एमाले नेता रविन्द्र अधिकारीले पनि चुनाव सार्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै ट्वीट गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • प्रतिपक्षको महत्व नबुझ्ने सरकार देश चलाउदै छ वा पार्टी ? बिदेश रल्लिदै गर्दा त्यसै प्रम खोसाएका रहेनचन ।

  • असक्षम ब्यक्ति प्रधानमन्त्रि भएको देशमा यस्तै हुदोरहेछ ।"कालको फेरपर्दा त्यो स्वर्गपुरिमा पाडो पनि इन्द्र भो " स्याल बहादुर देउवाजी तिमी असक्षम भएपनि देशलाइ असक्षम नबनाउ ।यो देश पुर्खाले धेरै दुखले आर्जेकोदेश हो ।के राजपा चुनावमा आउने ग्यरेन्टी छ ? ...