|

काठमाडौं : फेलोसिपमा अमेरिकालगायत विदेश जाने चिकित्सक वा स्वास्थ्यकर्मीले आवश्यकताको पत्र चिकित्सा शिक्षा आयोगबाट लिनुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरि फेलोसिपमा अध्ययनका लागि विदेश जाने चिकित्सक वा स्वास्थ्यकर्मीको लागि आवश्यकताको पत्र जारी गर्ने प्रकृया व्यवस्थित गर्न उक्त पत्र जारी गर्ने सम्पूर्ण काम चिकित्सा शिक्षा आयोगबाट हुने जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जेठ २१ गते मन्त्रीस्तरीय निर्णय यो काममा सरलीकरण गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.