|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विद्येयकलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि नागरिकताविहीन व्यक्तिहरूले प्रदर्शन गरेका छन्।

 नागरिकता विहिन संघर्ष समितिले बुधबार माइतीघर मण्डलामा प्रमाणीकरण भएको विद्येयक कार्यान्वयन हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

राष्ट्रपति पौडेलले जेठको १७ गते नागरिकता विद्येयक प्रमाणीकरण गरेका थिए। तर, सर्वोच्च अदालतले जेठ २१ गते नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ कार्यान्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम (२) (ख) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो।

विरोध प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले, आमाको नामबाट नागरिकता दे, संविधान संशोधन छिटो गर, सर्वोच्च अदालत नागरिकता विद्येयक २०७९ कार्यान्वयन गर, देशको वास्तविक नागरिक पहिचान गर लगायतका नारा लगाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.