|

दाङ : पूर्वमन्त्री महेश चौधरीको ७२ वर्षको उमेरमा निधन भएको छ। दंगीशरण गाउँपालिका-४ बैवाङ स्थायी घर भई हाल घोराही १७ बेलभारमा बस्दै आएका थिए।

उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बुधवार निधन भएको हो। हर्निया, लिभरमा समस्या भएका उनी गए राति एक्कासी बेहोस भएपछि  उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएका थिए।

२००८ सालमा जन्मिएका उनी अर्थशास्त्र र भूगोल विषयमा स्नातकोत्तर थिए। उनले ललितपुरको शिवशान्ति माविको प्रधानाध्यापक र २०३५ सालदेखि दाङको महेन्द्र बहुमुखी क्याम्पसमा उनले ७ वर्ष प्राध्यापन गरेका थिए।

उनी २०४३ सालमा जनपक्षीय उम्मेदवार बनेका थिए भने पछि नेकपा एमालेका तर्फबाट चौधरी २०४८ मा राष्ट्रियसभा सदस्य र २०५४ मा स्थानीय विकास राज्यमन्त्री बनेका थिए। उनी संविधानसभा सदस्य पनि हुन्। उनका  २ छोरा‚ १ छोरी र श्रीमती छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.