|

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधानको पालना गरेको दाबी गरेका छन्।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले राष्ट्रपति पौडेलले यस्तो दाबी गरेका हुन्। उनले राष्ट्रपतिले संविधानको रक्षा गरेको पनि बताए। उनले नागरिकको सन्तानलाई नागरिकता नदिएर अन्याय गरिएको पनि गुनासो गरे। उनले बजेटलाई सुधार नगर्ने हो भने देशका लागि नै दुर्भाग्य हुने र मुलुकमा द्वन्द्व सिर्जना हुने बताए।

उनले भने‚ ‘संसद्ले दुई–दुई पटक पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरी संविधानको पालना एवं रक्षा गरेका छन्। नागरिकको सन्तानलाई नागरिकता दिन रोक्नु अन्याय भएको छ। यसैगरी बजेट नसुधार्ने हो भने देशका लागि दुर्भाग्य हुनेछ। विकासको गति अवरुद्ध हुन्छ र मुलुकमा द्वन्द्व सिर्जना गर्छ।’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेपाली बाबुआमाका सन्तानलाई यथाशीघ्र नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताए।

उनले भने‚ ‘नेपालीका ८ लाख सन्तानको पीडा र वेदना हामीले महसुस गर्नुपर्छ। छिटोभन्दा छिटो नागरिकता पाउने स्थितिको व्यवस्था गर्नुपर्छ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता खारेज गर्नुपर्ने बताए। उनले एकात्मक प्रणालीको विकल्पमा संघीयता हुन नसक्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नागरिकता विधेयक संसद्‌मा छलफल नगरी प्रमाणीकरण गर्नु गलत भएको बताए। उनले अर्थतन्त्र कसरी बचाउने भन्नेमा नेताहरूले चिन्ता नगरेको टिप्पणी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.