|

काठमाडौं : लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्। 

पीएसजी छोडेपछि उनको नयाँ गन्तब्यबारे सर्वत्र चासो रहँदै गर्दा उनले अमेरिकी क्लबसँग सम्झौता गर्ने भएका हुन्। ​ मेस्सीले साउदी प्रो लिग क्लब अल हिलालको महँगो प्रस्ताव त्याग्दै अमेरिकी क्लब छनोट गरेको  बीबीसीले उल्लेख गरेको छ। 

उनको अमेरिका स्थानान्तरणका पछि विभिन्न प्रायोजक कम्पनीहरुको हात रहेको बताइएको छ। विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जितेका मेस्सी पहिलो पटक युरोप बाहिरको क्लबमा आबद्ध भएका हुन्। पीएसजीसागको सम्झौता सकिएपछि उनी पुनः बार्सिलोना फर्कने हल्लासमेत थियो।

यस्तै साउदी अरेबियाको लिगमा क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा, एन्गोलो कान्टेसहितका खेलाडी आबद्ध भएपछि मेस्सीको समेत साउदी स्थानान्तरणको अनुमान थियो।

अघिल्लो महिना मेस्सी अल हिलालसँग सम्झौता नजिक रहेको खबर बाहिरिएका थिए। मेस्सीले नयाँ गन्तव्य बनाएको अमेरिकी क्लब मियामीसँग कति रकममा सम्झौता गर्ने भन्ने बारे अझै प्रस्ट भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.