|

स्याङ्जा : अर्जुनचौपारी गाउँपालिका–३ खोलेमा जिल्ला समन्वय समिति स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको हो। गाडीमा सवार अन्य तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका हुन्।

स्याङ्जाको सिरुवारीबाट सदरमुकामतर्फ फर्कंदै गरेको बा१झ ५८७८ नम्बरको गाडी सडकबाट तल खसेको हाे। दुर्घटनाबारे अनुसन्धान भइरहेको सूचना अधिकारी खनालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.