|
प्रतीकात्मक तस्विर

काठमाडौं : बारामा १४ दिन पुगेको छोराको हत्या गरी फरार अभियुक्त बिहीबार काठमाडौंंको चन्द्रागिरिबाट पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारी जेठ १४ गते बेलुकी  नवजात छोराको हत्या गरी फरार रहेका थिए। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो। अन्सारीलाई अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको रेग्मीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.