|

सल्यान : कपुरकोट गाउँपालिकामा विवाहका लागि १३ जोडीले वडाबाट सिफारिस लिएका छन्।  विवाहपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने नियमअनुरूप १३ जोडीले विवाहका लागि सिफारिस लिएका हुन्। 

गाउँ कार्यपालिकाले ०७९ माघ २७ गने विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने नियम बनाएपछि फागुन १५ गतेदेखि यो नियम लागू भएको हो। विवाहका लागि विवाह गर्ने जोडीले नागरिकता वा जन्मदर्ता लिएर वडा कार्यालयमा गएपछि वडा कार्यालयले विवाहको लागि सिफारिस गर्ने गरेको छ। 

विवाह गर्ने जोडीले नागरिकता वा जन्मदर्ता लिएर वडा कार्यालयमा आएपछि सिफारिस उपलब्ध गराउने कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्काले बताए। 

गाउँपालिकाभित्र बालविवाहलाई रोक्ने उद्देश्यले उमेर पुगेर विवाह गर्दा पनि वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले बताए। 

पालिकाभरबाट १३ जोडीले विवाहको सिफारिस लिएको  र  छ वटा बालविवाह रोकिएको प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले जानकारी दिए। गतवर्ष पुस महिनामा गरिएको घरधुरी सर्वेक्षणमा पालिकाभित्र ३४६ जनाले बालविवाह गरेको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.