|

काठमाडौं : बूढानीलकण्ठ स्कुलको भर्नामा चलखेल भएको पाइएको छ। पैसा र पावरको भरमा प्रवेश परीक्षा (इन्ट्रान्स)मा कम प्रतिशत ल्याउनेलाई भर्ना गरिएको छ भने धेरै प्रतिशत ल्याउनेलाई फेल गराइएको छ।

यस्तो अनियमितता भएको पाएपछि अभिभावकहरूले विद्यार्थी भर्ना चलखेलको छानबिन गरी सम्बन्धित संलग्न व्यक्तिहरूलाई कारबाही माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरी हालेका छन्।

उजुरी परेपछि अनुसन्धान थालिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। उनले भने,‘बूढानीलकण्ठ स्कुलमा भएको भर्नाविरुद्ध निवेदन परेको छ,के कसो भएको हो,अनुसन्धान हुँदै छ,सबै कुरा अनुसन्धान पछि थाहा हुन्छ।’

चलखेलमा संलग्न अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याउन नेविसंघ लागिपरेको छ। यसको अगुवाइ गरिरहेका नेविसंघ काठमाडौं क्षेत्र नं ४ प्रदेश ‘ख’ का युवा परिचालन संयोजक विजेन केसीले सत्यतथ्य बाहिर ल्याउने बताए।

भर्नामा चलखेल भएको कुरालाई ढाकछोपको गर्न उक्त स्कुलका प्रिन्सिपल होमनाथ आचार्यका भाइ खगेन्द्र आचार्यले नेविसंघ काठमाडौं क्षेत्र नं ४ प्रदेश ‘ख’ का युवा परिचालन संयोजक विजेनलाई कल गरेका छन्।

उक्त कलको अडियो रेकर्ड बाहिरिएको छ। उक्त कलमा विजेनले भनेका छन्,‘क्याम्पस, विद्यालयमा भएको अनियमितता,विद्यार्थीहरूको समस्यामा हामी लड्छौँ,हाम्रो नैतिकता पनि हो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.