|

काठमाडौं : भारतका  चर्चित कार्डियोलोजिस्ट डा. गौरव गान्धीको हृदयघातका कारण मृत्यु भएको छ। 

भारतको जामनगरस्थित मुटु रोग विशेषज्ञ ४१ वर्षीय गान्धीको हृदयघातका कारण निधन भएको हो। डा. गान्धी सौराष्ट्रका चर्चित कार्डियोलोजिस्टको रूपमा परिचित थिए।

भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार डा. गान्धीले आफ्नो मेडिकल करियरको समयमा १६ हजारभन्दा बढी बिरामीको मुटुको उपचार गरेका थिए। 

गान्धीले आफूलाई छाती दुखेको बताएको र त्यति नै वेला उनलाई हृदयघात भएको जानकारीमा उल्लेख छ। उनलाई तत्काल जी.जी. अस्पताल लगिए पनि अस्पताल पुग्दा मृत घोषित गरियो।

गान्धी घर पुगेको दुई घण्टापछि बाथरुम नजिकै ढले। उनलाई जीजी अस्पताल लगिएको थियो। उनको अस्पताल पुग्ने ४५ मिनेटमै मृत्यु भएको बताइएको छ। 

जामनगरका निवासी डा. गौरव गान्धी विवाहित हुन्। उनकी श्रीमती देवांशी दन्त चिकित्सक हुन्। उनका १० वर्षकी छोरी र पाँच वर्षका छोरा पनि छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.