|

धनकुटा : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सुधार्न २०८४ मा एक्लै चुनाव लड्नुपर्ने बताएका छन्।

धनकुटामा नेपाली कांग्रेसले आयोजना गरेको १४ औँ जिल्ला अधिवेशनपछिको पहिलो जिल्ला अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले कांग्रेस सरकारमा जानका लागि अरूलाई मत हाल्न र अरूको मत लिन तयार हुन्छ भन्ने जनमानसमा परेको बताए।

सरकार टिकाउन गरिने सम्झौताबाट कांग्रेस बाहिनुपर्ने उनको भनाइ थियो। कांग्रेसको अहिलेको गतिविधिबाट कार्यकर्ता र देशमा निराशा आएको बताउँदै महामन्त्री थापाले यसलाई सच्याउन बारम्बार पार्टी मूल नेतृत्वलाई दबाव दिइरहेको बताए।

थापाले कांग्रेसले सहकार्यको मात्रै राजनीति गर्ने बताउँदै निषेधको राजनीति नगर्ने बताए। उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आगामी निर्वाचनमा ५० प्रतिशत मत बढाउने गरी काम गर्नुपर्ने बताए।

अधिकांश समय पार्टी सच्चिनुपर्ने वा नेतृत्व सच्चिनुपर्ने विषयमा बोलेका थापाले लामो समयदेखि पार्टी सभापति बैठक नबोलाउँदा केन्द्रीय समितिको बैठक बस्न नसकेको र त्यसका लागि आफूले पार्टी सभापतिलाई दबाव दिइरहेको बताए। पार्टी केन्द्रीय समितिको बैठक बोलाउने अधिकार सभापतिको मात्रै भएको उनको भनाइ छ।

कार्यकर्ता नेताको भरमा रहेको बताउँदै थापाले नेता कार्यकर्ता भरमा र कार्यकर्ता नागरिकको भरमा भएमात्र कांग्रेस दर्विलो हुने बताए। उनले पार्टीमा रहेका गुट भत्काउन हरपल लागिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.