|

काठमाडौं : फ्रान्समा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा चार बालबालिकासहित ६ जना घाइते भएका छन्। 

 फ्रान्सेली आल्प्सको एन्नेसी सहरको भएका पार्कमा भएको चक्कु हमलामा चार बालबालिकासहित छ जना घाइते भएको त्यहाँका अधिकारीले जनाएका छन्। आक्रमणमा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

बालबालिकाको खेलमैदानमा पसेर अन्धाधुन्ध चक्कु हान्ने ३१ वर्षीय सिरियाली भएको र स्वीडेनमा शरणार्थीको रुपमा बसिरहेको फ्रान्सका सञ्चारमाध्यमले जनाएका छन्। उनलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रधानमन्त्री एलिजाबेथ बोर्न आक्रमणबारे जानकारी लिन र त्यहाँको वस्तुस्थिति बुझ्न घटनास्थल जाने तयारीमा छन्। आक्रमणको खबर सार्वजनिक भएपछि राष्ट्रिय संसद्का सदस्य एक मिनेट मौन भएका थिए।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले आक्रमणको निन्दा गर्दै घाइधतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.