|

धनकुटा : धनकुटा नगरपालिका वडा नं. ९ खुरिल्लामा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुनेमा एकको अवस्था चिन्ताजनक रहेको छ। शुक्रबार बिहान बिआर १० एच ४९१० नम्बरको जिप दुर्घटनामा परी धनकुटा नगरपालिका वडा नं. ४ कि १९ वर्षीया प्रिस्किला तामाङ गम्भीर घाइते भएकी हुन्।

यस्तै मोरङको जहदा गाउँपालिका वडा नं. ३ का २३ वर्षिया अजय मलाह र जहदा गाउँपालिका वडा नं. ४ का सुरेश मुखिया घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तामाङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। मलाह र मुखियाको धनकुटा अस्पतालमा सामान्य उपचार गरिएको छ।

गाडीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ। दुर्घटना भएको गाडिबाट सवारीको कागजपत्र र कस्माघ वडा नं. ३ जोगवनी ठेगाना रहेका श्रवण कुमार यादवको सवारी चालक अनुमति पत्र फेला परेको धनकुटाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.