‘आन्दोलनबारे देउवा र प्रचण्ड स्पष्ट बोल्नुपर्छ’

|

पाल्पा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा मुलुकमा उपद्रो भइरहेको आरोप लगाएका छन्।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्दै उनले पहिचानका नाममा एकले अर्कोलाई घृणा गर्ने प्रवृत्ति बढेको बताए। 

‘समुदायमा साम्प्रदायिकता बढ्न थालेको छ। पहिचानको नाममा आन्दोलन दिनानुदिन बढ्दै गइरहेका छन्। जसका कारण एकले अर्कोलाई घृणा गर्ने प्रवृत्ति देखिन थालेको छ‚’ उनले भने‚ ‘देउवा र प्रचण्ड यसबारे स्पष्ट नबोल्दा समस्या बल्झिँदै गएको हो।’ 

यसलाई रोक्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनले बताए।

घृणा लडाइँ झगडामा परिणत गराउने केही तत्वबाट भइरहेको छ। यही झगडाले मुलुकमा युद्ध निम्त्याएर राष्ट्रिय एकता हुन नदिने तत्व सल्बलाई रहेको छ। यसतर्फ सचेत हुने बेला आएको अध्यक्ष ओलीले बताए। 

‘मुलुकको विकास ध्वस्त पारेर हुँदैन। शान्तिमार्फत विकास गर्नुपर्छ। भावी पुस्तालाई सोचेर विकास गर्ने बेला आएको उनले बताए। पछिल्लो पुस्ताले समय परिस्थितिअनुसार समाजको विकास गर्नेछन्। सडक बनाउने, खानेपानी ल्याउने, भवन निर्माण गर्नेजस्ता काम हामीले सम्पन्न गर्नुपर्छ‚’ उनले भने।

इमानदार भएर देशको विकासमा जुट्न उनले अपिल गरे। ‘विकास भए सबै नागरिक अधिकार सम्पन्न हुने उनको ठम्याइ छ। नेपाली जनतालाई शान्ति चाहिएको छ। सुशासन चाहिएको छ। विकास चाहिएको छ। अब क्रान्तिको धङधङी त्याग्नु पर्छ‚’ उनले चेतावनी दिए।

अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले राँगासँग नदी साटेको आरोप ओलीले लगाए। भारत भ्रमणका क्रममा साना साना आयोजना पनि भारतलाई जिम्मा लगाएको उनले बताए। 

सस्तो खालको आयोजनाका काम सरकार आफैँले गर्नुपर्नेमा प्रचण्डले भारतलाई खुसी पार्ने र आफू पदमा रहिरहनका लागि यस्तो सम्झौता गरेको आरोप पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले लगाए। प्रचण्डलाई व्यङ्ग्य गर्दै उनले भने‚ ‘हाम्री आमा कति बाठी छन्, राँगासँग नदी पो साटिछन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.