|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबार सिजनको अन्तिम चरणका अन्तिम तीन खेल हुँदैछ।

दशरथ रंगशालामा दिउँसो २ बजे हुने पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको लिगको उपविजेता मच्छिन्द्र अन्तिम जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ। २५ खेलमा ३२ अंक जोडेर आठौँ स्थानमा रहेको मनाङ पनि जित निकाल्दै लिगको सुखद अन्त्य गर्ने योजनामा छ।

यस्तै च्यासल खेल मैदानमा दिउँसो २ बजे संकटा क्लब र न्युरोड टिम (एनआरटी) भिड्नेछन्। संकटा २५ खेलमा ३१ अंक जोडेर नवौँ स्थानमा छ भने २५ खेलमा ३३ अंक जोडेर एनआरटी सातौँ स्थानमा छ।

रंगशालामा अपराह्न साढे ५ हुने खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल २५ खेलमा ३७ अंक जोडेर चौथो स्थानमा छ।  २५ खेलमा २९ अंक १३ औँ स्थानमा रहेको थ्री स्टार आज जित निकाल्दै रेलिगेसनबाट उम्किन चाहन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.