|

काठमाडौं : तीन जना युवाहरूले काठमाडौंमा ओखल आधुनिक कृषि केन्द्र सञ्चालनमा ल्याएका छन्। काठमाडौंको शान्तिनगरस्थित नगेन्द्र कान्छा चोकमा शनिबारदेखि आधुनिक कृषि केन्द्र सञ्चालनमा आएको हो।

राजधानी मोडल कलेज पुरानो बानेश्वरबाट एमबीए गरेका तीन युवा पुष्कर काफ्ले, लक्ष्मण बजगाई र रजत भट्टले ओखल अर्गानिक मार्ट सुरू गरेका हुन्। जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायत विकट क्षेत्रमा पाइने अर्गानिक सामान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन केन्द्र सञ्चालनमा ल्याइएको बजगाईंले बताए। उनका अनुसार केन्द्रमा जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायत जिल्लाका अर्गानिक सामान उपलब्ध छन्।

उनका अनुसार मार्टमा ओखरलगायत जुम्लाको मार्सी चामल, स्याउको सुकुटी,जौको पिठो र च्याख्ला, डोल्पाको कागुनु चामल, जाजरकोटको सेतो मकैको पिठो र च्याख्ला, मुगुको कोदोको पिठो पाइन्छ।

त्यस्तै मुगुको जिम्बु, रुकुम, दाङ, जाजरकोट, हुम्लाको लोकल मह, जुम्लाको मिक्स सिमी, फापरको पिठो, दाँते ओखर, सिस्नु, मासलगायत पाइने उनको भनाइ छ।

आफैं केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि केन्द्र सञ्चालनमा ल्याएको उनले बताए। ओखलका सीइयो काफ्लेले नेतालाई गालीमात्रै गर्नभन्दा पनि आफैं केही गरेर देखाउनुपर्ने बताए। युवाहरू विदेश जाने होड चलेका बेला आफूहरूले देशमै केही गर्ने योजना बनाएको उनको भनाइ छ। यस्ता केन्द्रहरूलाई सरकारी सहयोग नगन्य रहेको भन्दै सरकारले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.