|

काठमाडौं : पछिल्लो दिन काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्दै गएको छ। मध्य तथा पश्चिमी तराईका भूभागमा तापक्रम अझै केही दिन नघट्ने र तातो हावा चल्ने क्रम जारी रहने अनुमान गरिएको छ।

यसले गर्दा दिनदिनै तापक्रमले रेकर्ड ब्रेक गरिरहेको छ। यस्तो अवस्थामा तराईका विभिन्न ठाउँमा तातो हावा सहितको गर्मीले युवा, वृद्धादेखि बालबालिकासम्मलाई प्रभावित पारिरहेको छ। यसले गर्दा घरबाहिर निस्कँदा चर्को गर्मी अनुभव गरिएको छ। 

लक्षण
- हृदयको गति तीव्र हुने
- श्वासप्रश्वास र रक्तचाप कम हुने
- शरीरबाट पसिना ननिस्किने
- टाउको अत्यधिक दुख्ने
- चक्कर लाग्ने, अचेत हुने
- शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने
- छाला सुक्खा, रातो र तातो हुने ।
यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.