जुम्ला : जुम्लाको हिमा गाउँपालिका–५ बाजागाड गाउँका सबै घरधुरीमा खानेपानी धारा पुगेपछि यहाँका बासिन्दा खुशी भएका छन्। गाउँभरि ७,८ वटा धारा भएका ठाउँमा सबै घरमा धारा भएपछि खानेपानी पर्याप्त भएको छ।
आज स्थानीय सरकारले यहाँका १३६ घरधुरीमा धारा पुगेको घोषणा गरेको छ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष अलीबहादुर रोकायाले खानेपानीका धाराको व्यवस्था भएपछि निकै सजिलो भएको बताएका छन्। यहाँका मान्छेलाई यसबाट सहज भएको उनले बताएका छन्। रोकायाले धारा ल्याउन सहयोग गर्ने सरकार, हिमा गाउँपालिका र दातृ निकायप्रति आभार व्यक्त गरेका छन्
यसैगरी हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता परियोजनाले सबैको घरमा धारा पुगेको बताए। खानेपानी सबै नागरिकको दैनिकी्सँग जोडिएको विषय भएकाले घरघरमा धारा पुर्याउनु सरकारको पनि पहिलो दात्यिव हुने बताए।
उनले गाउँपालिका खानोपानीको कमी भइरहेको बाजागाड गाउँमा यसरी सबै घरधुरीमा खानेपानी पुर्याउन सहयोग गर्ने नेपाल सरकार र सहयोगी निकायलाई धन्यवाद दिए। उनले हिमा गापाका सबै गाउँमा एक घर एक धाराका लागि काम भइरहेको बताए।
सोही परियोजनाअन्तर्गत वडा नम्बर १ को बड्की गाउँ र वडा नम्बर ७ को डाँडावाडाका सबै घरधुरीमा यसै वर्ष पानी ल्याउने योजना रहेको हिमा गाउँपालिकाले जनाएको छ।
शाहीका अनुसार फिनल्याण्ड सरकार र ईयूको ७६ लाख ७ हजार ७८६ रुपैयाँ र हिमा गापाको ७ लाख ६७ हजार ७८६ रुपैयाँ सहयोग रहेको छ। यसैगरी यहाँका स्थानीयवासी १४ लाख ५८ हजार ७९४ रुपैयाँ बराबरको श्रमदान गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।