सुर्खेत : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक-अर्कोका परिपूरक भएको बताएका छन्। विश्वका उत्कृष्ट संविधान जस्तै नेपालको संविधान पनि उत्कृष्ट रहेको उनले बताए। प्रदेश सरकार जिम्मेवार भई काम गर्न आग्रह गरेका छन्। कर्णालीको समस्य नजिकबाट नियालेको कुरा बताउँदै पिएम दाहालले कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएको समेत बताए।
कर्णाली एक सभ्यता भएको उनले बताए। कर्णाली सधैँ मेरो प्राथमिकतामा भएकोले सधैँ मनमुटुमा रहेको बताए।
'यहाँको सबै खालका सडक निर्माण गर्न हामीले पहल जारी राखेका छौँ' उनले भने। चीन भ्रमणको समयमा केही सडकको बारेमा कुरा हुने बताए।
कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सरिक भएका छन्। उक्त कार्यक्रममा ऊर्जामन्त्री शक्ति बस्नेत, मुख्यमन्त्री राजकुमार शर्मालगाएत अन्य मन्त्रीहरुको सहभागी छन्।
प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडोर र भेरी करिडोरमा दुई लेनको सडक निर्माण गरे कर्णाली समृद्दिको एक ढोका खुल्ने बताए। खुट्टा काटिएको प्रदेश कर्णाली भएको पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।