काठमाडौं : नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले अब हरेक हप्ता शैक्षिक बहस गर्ने बताएका छन्। सोमबार कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको स्मृति सभामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
‘स्वर्गीय गिरी वैचारिक नेता एउटा मात्र पार्टीको होइन सबै पार्टीको हुनुहुन्थ्यो, उहाँ बहस र छलफल गर्नुपर्छ भनेर भन्नुहुन्थ्यो। त्यसैले अब उहाँको सम्झनामा जिल्ला होस् या क्याम्पस, कक्षा कोठा, विश्वविद्यालयमा हरेक हप्ता कक्षा कोठा, लोकल इस्यु, राष्ट्रिय तथा अन्तरराष्ट्रिय इस्युमा बहस कार्यक्रम चलाउने प्रतिबद्धता जनाउँछु,’ उनले भने।
उनले वैचारिक नेता भएकाले उनको जीवनी विद्यालयका पाठ्यक्रममा समेट्न पहल गर्ने पनि बताए। नेपालको सबैभन्दा जेठो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि) संकटमा रहेको र यसलाई बचाउन सिंगो कांग्रेस लागि परेकाे उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।