|

काठमाडौं : बागमती प्रदेश सभाको बैठक शनिबारका लागि सरेको छ। शुक्रबार दिउँसो १ः०० बजेका लागि बोलाइएको प्रदेश सभा शनिबार बिहान ११ः०० बजेका लागि सरेको हो। 

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची छ। बैठकमा प्रदेश सभामा पेश भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची छ।

प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.