|
प्रतीकात्मक तस्विर

ताप्लेजुङ : जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

कक्षा ९ मा अध्ययनरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो।
 
सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। साह दुई वर्षदेखि सो विद्यालयमा कार्यरत रहेको बताइएको छ । 

जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.