|

काठमाडौं : आन्दोलनरत चिकित्सक पक्ष र सरकारबीच स्वास्थ्य मन्त्रालय सिंहदरबारमा वार्ता सुरु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको थियो। 

शनिबार बसेको मन्त्रीस्तरको बैठकले अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी समिति गठन गरेको थियो। उक्त समितिले चिकित्सक संघका आधिकारिक प्रतिनिधिसँग हाल स्वास्थ्य मन्त्रालयमा वार्ता गरेको हो। 

सञ्चो अस्पताल हेटौँडाका डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै संघले सरकारलाई ७२ घण्टे अल्मिेटम दिएको थियो। शनिबार समय पूरा भएपछि संघले अस्पतालमा सेवाबन्दको घोषणा गरेको छ।

नेपाल चिकित्सक संघले गरेको आन्दोलनका कारण देशभरको स्वास्थ्यसेवा प्रभावित भएको छ। चिकित्सक  संघको आह्वानमा आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द भएको छ।

चिकित्सक जाँच उपचार छाडेर अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन्। सेवा बन्द हुँदा बिरामी अस्पताल बाहिर अलपत्र परेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.