|

ललितपुर : म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई १ लाख रुपैयाँ र तरकारीको तौल कम राखेर उपभोक्ता ठगेकोमा बिग मार्टलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ।

ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज (आइतबार) कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको बिग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो।

अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा बिक्री गरेको पाइएपछि न्यूनतम १ लाख जरिवाना गरिएको सहायक प्रजिअ सुनुवारले जानकारी दिए। 

उनका अनुसार बिग मार्टले बिक्री गर्ने हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार जरिवाना गरिएको छ। म्याद सकिएको बियर बिक्री गरेको भेटिएपछि १० हजार जरिवाना गरेको सुनारले जानकारी दिए।

‘संयुक्त बजार अनुगमन ललितपुरको टोलीले आइतबारदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको हो। हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानिसको स्वास्थ्यसँग खेलवाड गर्नेगरी खाद्यवस्तु बिक्रीवितरण नगर्न सचेत गराउँदा पनि पालना नगरेपछि जरिवाना गरिएको हो,’ सहायक प्रजिअ सुनुवारले भने। 

घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका निरीक्षण अधिकृत सञ्जय थापाले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु ‘डिस्पोज’ गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.